मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

पूर्व प्रधानमन्त्री ओलीको निवेदनमा कारण देखाउ आदेश

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ३०
122
800
पूर्व प्रधानमन्त्री ओलीको निवेदनमा कारण देखाउ आदेश
सारांश
यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

अदालतले आज नछोडेपछि ओलीलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार