मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘दले दाइ’ सुमन कोइरालाको डेब्यू फिल्म ‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि प्रदर्शनमा आउने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ नोभेम्बर ८
13
720
‘दले दाइ’ सुमन कोइरालाको डेब्यू फिल्म ‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि प्रदर्शनमा आउने
सारांश
हास्य कलाकार सुमन कोइराला अर्थात् ‘दले दाइ’ अब फिल्मको पर्दामा पनि देखिने भएका छन् । उनको डेब्यू अभिनय रहेको फिल्म ‘तिरिमिरी झ्याइँ’ आगामी माघ २८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं । हास्य कलाकार सुमन कोइराला अर्थात् ‘दले दाइ’ अब फिल्मको पर्दामा पनि देखिने भएका छन् । उनको डेब्यू अभिनय रहेको फिल्म ‘तिरिमिरी झ्याइँ’ आगामी माघ २८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

लक्ष्मी पूजाको अवसर पारेर आइतबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मले प्रदर्शनका लागि सरस्वती पूजाको सार्वजनिक बिदालाई रोजेको छ ।

सार्वजनिक पोस्टरमा सुमन कोइरालासहित आभास अधिकारी, रियर राई, सुरज चौलागाईं र सरोज अर्याललाई देख्न सकिन्छ । पोस्टरमा उनीहरू फलामे बारभित्र कैद भएको अवस्थामा छन् । कलाकारहरूको हाउभाउ र प्रस्तुतिले फिल्म हास्यप्रधान रहेको संकेत गर्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन् ।

समीरको निर्देशनमा बनेको फिल्ममा धिरेन शाक्य, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको पनि अभिनय छ ।

फिल्मको कथा तथा अवधारणा आभास अधिकारीको हो भने पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले तयार पारेका हुन् ।

होराइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्मका निर्माता प्रद्युम्न बोगटी (प्रवीन) हुन् भने आभास अधिकारी कार्यकारी निर्माता छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह-निर्माताका रूपमा रहेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार