मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘जलाकी’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

रङ्गमञ्च
रङ्गमञ्च
45 मिनेट अगाडि
3
560
‘जलाकी’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?
सारांश
। यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुला भएको छ । ‘रामायण’ र ‘बाटुलो जून’को दबदबाका बीच फिल्मले देशभर सुखद शो पाएको छ ।

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ खुला भएको छ । ‘रामायण’ र ‘बाटुलो जून’को दबदबाका बीच फिल्मले देशभर सुखद शो पाएको छ ।

खल्ती एपमा उपलब्ध विवरणअनुसार फिल्मले प्रदर्शनको पहिलो दिन देशभर ६१ शो पाएको छ । अझै केही हलमा टिकट बुकिङ खुल्न बाँकी रहेकाले फिल्मको शो संख्या ७० भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

फिल्मले सबैभन्दा धेरै शो क्यूएफएक्स चेनमा पाएको छ । उपत्यका र उपत्यकाबाहिरका क्यूएफएक्स हलमा फिल्मलाई कुल २७ शो दिइएको छ । त्यस्तै, देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले काठमाडौं र उपत्यकाबाहिरका हलमा समान ६–६ शो उपलब्ध गराएको छ ।

फिल्मले उपलब्ध शोमा ५० प्रतिशत अकुपेन्सी हासिल गर्न सके ४० लाख रुपैयाँभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट फिल्मले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । सेन्सरका सदस्यहरूले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ ।

‘चाँदी जलप’ गीतका कारण चर्चामा रहेको फिल्मले मगर संस्कृतिलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको छ ।

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, साहारा हाङ्मा लिम्बू, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, लुनिभा तुलाधर र खड्कबहादुर पुनलगायतका कलाकारको अभिनय छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार