मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
फ्रन्ट पेज

मौसम पूर्वानुमान स् देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने

Admin
Admin
२०२५ डिसेम्बर २९
151
980
मौसम पूर्वानुमान स् देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने
सारांश
काठमाडौं । सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

काठमाडौं । सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

यसैगरी देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार