मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

केपी शर्मा ओली टिचिङ अस्पताल भर्ना

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २८
150
640
केपी शर्मा ओली  टिचिङ अस्पताल भर्ना
सारांश
५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।

५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार