मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

काठमाडौंमा मतदान स्थल निर्माण धमाधम

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ४
144
640
काठमाडौंमा मतदान स्थल निर्माण धमाधम
सारांश
फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् ।

काठमाडौं । फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र न १ को मतदान केन्द्र रहेको रत्नराज्य मतदान केन्द्र ‘ख’ को मतदान स्थलमा बुथ निर्माणको कार्य भइरहेको बताएका हुन् ।

उनका अनुसार निर्वाचन आचारसंहिताअनुसार शान्ति भंग नगर्ने, मदिरा बिक्री वितरणमा रोक लगाउने तथा निषेधित क्षेत्र सम्बन्धी मुचुल्का ४८ घण्टा अगावै टाँसिसकिएको छ ।

‘हामीले अस्तीदेखि चार–पाँच वटा मुचुल्का टाँस्नुपर्ने थियो । ती सबै प्रक्रिया पूरा गरिसकेका छौँ,’ उनले भने ।

यसैगरी, हिजो राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक गरी आवश्यक निर्णयहरू समेत गरिएको उनले जानकारी दिए ।

मतदान केन्द्रमा बुथ निर्माणको कार्य भइरहेको र त्यसपछि भोलिको मतदानका लागि सम्पूर्ण तयारी पूरा गरिने मतदान अधिकृत आचार्यले बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार