मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘बिगुल’ ले तोक्यो नयाँ प्रदर्शन मिति

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
162
740
‘बिगुल’ ले तोक्यो नयाँ प्रदर्शन मिति
सारांश
पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

काठमाडौं । पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । माघ ९ गतेको प्रदर्शन स्थगित गरेको फिल्म तीन सातापछि रिलिज हुने भएको हो ।

फिल्म फागुन १ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी,रबिन्द्र खड्का, मीरा पण्डितलगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।

राजनीतिक खेलवाड, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारमा मतभेदलगायतको कुरा फिल्मले समेटेको छ । राजनीतिक विकृति र अन्यायविरूद्ध उठ्ने जनआवाजलाई फिल्मको कथा बनाइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार