मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड

Rangamanch
Rangamanch
२०२६ जनवरी १९
142
620
सोनाम ल्होसार पहिचान, संस्कृति र राष्ट्रिय एकताको प्रतीक : प्रचण्ड
सारांश
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।

काठमाडौं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन्
सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए
उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति नयाँ संकल्पको सन्देश दिन्छ
यस्तै, उनले तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फुटुङ्नाको धुन सामूहिक उत्सवले नेपालको बहुजातीय बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको भन्दै यही विविधता नै राष्ट्रिय एकताको बलियो आधार भएको बताए
उनले आज पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको भन्दै सोनाम ल्होसारले सबैलाई विभेदविरुद्ध एकजुट भई सुशासन, समृद्धि जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाउन सहयोग गर्ने बताए

साझा गर्नुहोस्:

सम्बन्धित समाचार